म्याराथन धावक सुनमाया र पूर्णालक्ष्मीको अर्को अन्तर्राष्ट्रिय सफलता
अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेका म्याराथन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गरेका छन् ।
हङकङमा ७ फागुनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगितामा सुनमायाले द्वीतीय र पूर्णालक्ष्मीले चौथो स्थान हासिल गरेका हुन् ।
प्रतियोगितामा सुनमायाले सात घन्टा २५ मिनेट २६ सेकेन्ड र पूर्णालक्ष्मीले सात घन्टा ५३ मिनेट ४७ सेकेन्डमा तोकिएको दूरी पार गरेका थिए ।
कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीका अनुसार आफ्नो उमेर समूहमा भने सुनमाया प्रथम र पूर्णालक्ष्मी तृतीय भए । उनीहरु दुवैको उमेर १८ वर्ष हो ।
सुनमायाले ८ हजार ५०० र पूर्णालक्ष्मीले ४ हजार हङ्कङ डलर नगद पुरस्कार पाए ।
उनीहरुका प्रशिक्षक धावक हरिबहादुर रोकाया हुन् ।
यसअघि हङ्कङमै सम्पन्न भएको म्याराथन दौड प्रतियोगितामा सुनमाया र पूर्णालक्ष्मीले एसियन स्काई म्याराथन दौड प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका थिए ।