जीप दुर्घटनामा ६ जनाको मृत्यु
डडेल्धुराको भागेश्वर गाविससबाट सदरमुकामतर्फ आउँदै गरेको से.१ ज. ८३३ नं. को जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
अमरगढी नगरपालिका–३ ठूलोखोला नजिक ४ फागुनमा जीप दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
दुर्घटनामा परेर पाँच जनाको घट्नास्थलमा तथा एक जनाको उपचारका क्रममा उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।
डडेल्धुराको भागेश्वर-४ का गणेश सार्की, भागेश्वर-८ का लक्ष्मण भट्ट, जयानन्द भट्ट, भागेश्वर-५ का दिवाकर पाण्डेय, भागेश्वर-७ का पदम बहादुर मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक जनाको सनाखत हुन सकेको छैन ।