जनसङ्ख्या परिषद्मा सात विज्ञ नियुक्त
सरकारले राष्ट्रिय जनसङ्ख्या परिषद्मा सातजना विज्ञ सदस्यलाई नियुक्ति गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा ३ फागुनमा सिंहदरबारमा सम्पन्न परिषद्को पहिलो बैठकले जनसङ्ख्यासम्बन्धी तथ्याङ्कलाई व्यवस्थित गर्न नियुक्त गरेको हो ।
नियुक्त हुनेमा विज्ञ सदस्यमा प्रा डा योगेन्द्रबहादुर गुरुङ, प्रा डा रामशरण पाठक, रोशना कार्की, डा गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा पुनमलाल कर्ण छन ।
बैठकले जनसङ्ख्यासम्बन्धी सम्पूर्ण तथ्याङ्कलाई सङ्घीय संरचनाअनुसार व्यवस्थित गर्ने र विद्युतीय अभिलेखीकरण गर्ने निर्णयसमेत गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशी उपस्थित थिए । रासस