सरकारले ऐन,कानून पनि दिएको छैनःप्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले अहिलेसम्म निर्वाचनसम्बन्धी कुनै पनि ऐन÷कानून आयोगलाई उपलब्ध नगराएको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै यादवले भने, “निर्वाचन आयोगसम्बन्धी ऐन र मतदाता नामावली ऐन राष्ट्रपतिबाट प्रमाणिकरण भैसकेको छ, तर आयोगले अहिलेसम्म पाएको छैन, अनि कसरी हामीले काम गर्ने ?’
सरकारले निर्वाचनको मिति समेत अहिलेसम्म नतोकेको भन्दै उनले थपे, “सरकारले हामीलाई निर्वाचन तयारीका लागि गरेको पत्रचारका आधारमा काम गरिरहेका छौं, तर अझै निर्वाचन मिति तोकिएको छैन, न त ऐन कानून उपलब्ध गराइएको छ ।”
उनले उक्त पत्रको जवाफ समेत सरकारलाई पठाइसकेको बताए ।
निर्वाचनको मिति र स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन चाँडो उपलब्ध भए मात्रै जेठभित्र चुनाव हुनसक्ने बताए ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग समेत चाँडै गठन हनु पर्नेमा उनले जोड दिए ।
यद्दपी तमाम प्रतिकुलताका बावजुद आयोग चुनावको तयारीमा जुटेको प्रमुख आयुक्त यादवको भनाई थियो ।
उनले निकट भविष्यमै हुने स्थानीय निर्वाचनमो भारतीय भोटिङ् मेशिनले धान्न नसक्ने भन्दै अन्य देशबाट आयात गर्ने बारेमा छलफल भइरहेको बताए ।
उनले नेपालमा बनेका भनिने भोटिङ मेशिन यहाँ एसेम्बल मात्रै गरिएको र प्रमाणिकरण नगरिएकाले आयोगले उपयोगमा ल्याउन नसक्ने भन्दै प्रमाणिकरण भएमा आयोगलाई आपत्ति नहुने प्रष्ट पारे ।
उनले राजनीतिक दलहरुवीच सहमति र विश्वासको वातावरण बने निर्वाचन सहज र सरल हुने बताए ।