कुटपिट गरेर श्रीमतीको हत्या
चितवन जिल्ला घर भई धनगढीको ट्राफिक चौराहामा बस्दै आएकी ३० वर्षीया लक्ष्मी भण्डारीको उनका पति परशुरामले २१ माघ राति कुटपिट गरेर हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार स्थानीय एक होटेलमा सुरक्षा गार्डको रुपमा कार्यरत परशुराम भण्डारीले श्रीमती लक्ष्मीलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरी डेरा पुगेका परशुराम र लक्ष्मीबीच विवाद भएको थियो । विवाद बढ्दै जादा परशुरामले कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहरीले परशुरामलाई पक्राउ गरेको छ । रासस