सीके राउतलाई १० दिन थुनामा राख्न अदालतको म्याद
सिरहा जिल्ला अदालतले हिजो पक्राउ परेका सीके राउतलाई १० दिन थुनामा राख्न प्रहरीलाई म्याद दिएको छ ।
२० माघमा जनकपुरबाट पक्राउ परेका राउतलाई अनुसन्धानका लागि थुनामा राख्न भन्दै प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो ।
उनीमाथि राज्य विरुद्धको संगठित अपराध, राज्य विप्लब र सामाजिक सदभाव बिथोलेको आरोपमा छानबिन भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
बेग्लै ‘मधेश राष्ट्र’ निर्माणको अभियान चलाइरहेका सिके राउत यसअघि पनि राज्य विरुद्धको अपराधमा पक्राउ परे पनि विषेश अदालतबाट छुटेका थिए ।