सिके राउत पक्राउ
छुट्टै 'मधेश राष्ट्र' को माग गर्दै अभियान चलाएका सप्तरीका सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ।
राउतलाई जनकपुरको माछाबजारस्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय लाहानको आग्रहमा राउतलाई पक्राउ गरी लहान पठाइएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए।
लहानमा राज्य विरूद्धको संगठित अपराध मुद्दा दर्ता भएपछि सिराहा र धनुषाको प्रहरीको संयुक्त टोलीले राउतलाई पक्राउ गरेको हो ।
'स्वतन्त्र मधेश अभियान' का नाममा विभिन्न कार्यक्रम संचालन गरेपछि उनीमाथि राज्य विरुद्धको संगठित अपराध दर्ता गरेको लहान प्रहरीले जनाएको छ ।
यसअघि पनि उनलाई पक्राउ गरी छोडेको थियो।