कारलाई सिंहले झम्टेको भिडियो भयो 'भाइरल'
भारतको कर्नाटक राज्यको बनेरघट्टा राष्ट्रिय निकुञ्ज भ्रमणमा पुगेका पर्यटकको कारलाई सिंहले झम्टिएको भिडियो भाइरल भएको छ ।
आगन्तुकहरु भित्र रहेको टोयोटा कम्पनीको इनोभा कार वरपर देखिएका दुईवटा सिंहमध्ये एउटाले कारमा झम्टिएको थियो ।
यो भिडियो उक्त कारको पछाडि रहेको सफारी बसका चालकले १६ माघमा खिचेको ‘आइबी टाइम्स’ले उल्लेख गरेको छ ।
सिंह नजिकै आएपछि कार रोकेका कारण उक्त कारका चालकलाई निकुञ्ज व्यवस्थापनले वर्खास्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो घटनापछि बन्य जन्तुका साथै पर्यटकको सुरक्षाका लागि निकुञ्जले पर्यटकलाई भ्रमण गराउन ठूला सफारी बसको मात्रै उपयोग गर्ने भएको छ ।
वन्य जन्तुले गाडिमा सामान्य छेडछाड गर्ने यस्तो घटना नौलो नभएको निकुञ्जले जनाएको छ ।