निर्वाचन आयोग अन्योलको अवस्थामा: प्रमुख आयुक्त
प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले स्थानीय तह वा स्थानीय निकायको निर्वाचन गर्ने भन्नेबारेमा आयोग अन्योलमा परेको बताएका छन् ।
१९ माघमा पर्वतको सदरमुकाम कुश्मा बजारमा आयोजित सरोकारवालासँगकोे अन्तक्र्रिया कार्यक्रममा उनले भने “सरकारले निर्वाचनको मिति घोषणा गर्न नसक्दा आयोग अन्योलमा परेको हो ।”
प्रमुख निर्वाचन आयुक्त डा।यादवले भने “निर्वाचन आयोग, सांसद र आमजनता समेत कुन तहको निर्वाचन हुन्छ भन्नेमा अन्योलमा छन्, यस्तो अवस्था रहिरहनु हुँदैन ।” प्रमुख निर्वाचन आयुक्त डा यादवले जेठपछि निर्वाचन गर्न समस्या आइपर्ने बताउँदै वैशाख मसान्तभित्रै चुनाव गर्नेगरी मिति घोषणा गर्नुपर्नेमा जोड दिए ।
निर्वाचन गराउनका लागि १२० दिन आवश्यक पर्ने भए पनि सरकारले मिति घोषणा गरेमा ९० दिनमै तयारी गर्न आयोग सक्षम रहेको चर्चा गर्दै स्थानीय तह वा निकाय जुनसुकै निर्वाचन गर्न पनि आयोग तयारी अवस्थामा रहेको बताए ।