नयाँ मन्त्रीद्वय सिंह र खड्काले शपथ लिए
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सिंह र खड्कालाई शपथ ग्रहण गराइएको हो ।
प्रधानमन्त्री दाहालले मौजुदा मन्त्रिमण्डल विस्तार गर्दै सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
गत २० साउनमा गठन भएको मन्त्रिमण्डलमा सिंह र खड्का थपिएपछि मन्त्रिमण्डल सदस्यको सङ्ख्या अब ४३ पुगेको छ ।
नवनियुक्त मन्त्री सिंहको समाजवादी जनता दललाई निर्वाचन आयोगले तीन वर्षदेखि आय–व्यय विवरण पेस नगरेको भन्दै २३ फागुन ०७२ मा दर्ता खारेज गरेको थियो । खड्का भने अखण्ड नेपाल पार्टीबाट व्यवस्थापिका–संसद्को सदस्य हुन् ।
सिंह यसअघि पनि मन्त्री भइसकेका थिए भने खड्का मन्त्रिपरिषद्मा नयाँ हुन् ।
रासस