बुटवलः १४ ग्यास विक्रेताहरु पक्राउ
उद्योगसँग बढी कमिशनको माग गर्दै आन्दोलित ग्यास विक्रेताहरुलाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आज बुटवलमा १४ जना ग्यास बिक्रेतालाई पक्राउ गरेको हो ।
उद्योगहरुले आफूहरुलाई दिइरहेको कमिसन घटाएको भन्दै ग्यास विक्रेताले २० पुसदेखि ग्यास विक्री नगरेपछि यहाँ ग्यासको अभाव भएको छ ।
विक्रेता (डिलर) आन्दोलनमा उत्रिएपपछि उद्योगहरुले आफै ग्यास ढुवानी गर्न लाग्दा अवरोध गर्ने विक्रेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
सिलिन्डर ढुवानीका लागि हिडेको बुटवल ग्यासको गाडीलाई नियन्त्रण लिने प्रयास गरेको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको थियो ।
बिक्रेताहरुले थोरै कमिसनमा ग्यास बेच्न नसक्ने भन्दै आफूहरुले सिलिण्डर खरिदका लागि राखेको धरौटी रकम फिर्ता गर्न माग गरेका थिए ।
तर, उद्योगले धरौटी रकम फिर्ता नगरी आफैँ बजारमा ग्यास पठाउन थालेपछि त्यसमा रोक लगाएको ग्यास बिक्रेता संघले जनाएको छ ।
बुटवल प्रहरी प्रमुख डिएसपी मुकुन्द मरासिनीले पक्राउको पुष्टी गर्दै आईन्दा अबरोध नगर्ने शर्र्तमा छाडिने बताएका छन् ।