टाटा टियागो खरिदमा न्यून ब्याज दर
नेपालका लागि टाटा मोटर्स्को अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले सहज तथा न्यूनतम ब्याज दर अफर ल्याएको छ । प्रालिले एभेरष्ट ब्याङ्कको साझेदारीमा ५.४९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा दिने भएको हो ।
टाटा टियागो खरिद गर्दा आकर्षक छुट र रु.२५ हजार बराबरको फ्रि–एक्सेसरिज समेत प्राप्त गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सीमित अवधिका लागि लागु गरिएको यो योजनाअन्तर्गत ग्राहकले कुनै पनि सर्भिस् चार्ज तिर्नु नपर्ने कम्पनीले जनाएको छ ।