निर्वाचन घोषणा गर्न सरकार गम्भीर छैनः नेता नेपाल
नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनको मिति घोषणा गर्ने कुरामा सरकार गम्भीर नभएको बताएका छन् ।
भक्तपुरमा २ माघमा आयोजित एक क्रममा उनले सरकार संविधान संशोधनको विषयमा अल्झिएको बताए ।
“प्रदेशको सङ्ख्या तय गरेर निर्वाचन क्षेत्र तयार गर्नेलगायत धेरै काम बाँकी नै छन्, यसमा सरकारको ध्यान जाओस्,” उनले भने ।
फरक प्रसंगमा उनले जातीय द्वन्द्व सिर्जना गर्ने र देशलाई अलग गर्ने धारणालाई स्विकार गर्न नसकिने बताए ।
कार्यक्रममा सांसदद्वय रामेश्वर ढुङ्गेल र केदार सञ्जेलले सरकारले निर्वाचनका कार्यक्रम छिटो अगाडि बढाउनुपर्नेमा जोड दिए ।रासस