संशोधन पारित हुन दिन्नौंः पोखरेल
नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान संशोधन विधेयक संसदबाट पारित हुन नदिने बताएका छन् ।
आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सरकारले निर्र्वाचन घोषणा र संविधान कार्यन्वयनतर्फ नलागी ‘चोरबाटो’ बाट संशोधन विधेयक पेश गरेको आरोप लगाए ।
संविधान कार्यान्वयन गराउनुको साटो संशोधन प्रस्ताव ल्याएर सरकार उल्टो बाटोमा हिंडेको भन्दै उनले उक्त विधेयकले विवाद बढाउने र देशलाई अधोगतितिर लैजाने दाबी गरे ।
सत्तारुढ दलहरु चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै उनले ‘१० प्रतिशतलाई रिझाउने र ३३ प्रतिशतलाई अलग्याउने’ संविधान संशोधन कुनै हालतमा पारित हुन नदिने बताएका थिए ।
दीपक ज्ञवाली, बुटवल