न्याय परिषद् बैठक २८ पुसमा
उच्च अदालतका लागि न्यायाधीशहरुको नियुक्ति सिफारिस गर्नका लागि बसेको न्याय परिषदको बैठक २८ पुसमा बस्ने गरी स्थगित भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले केही प्राविधिक काम बाँकी रहेको हुँदा २६ पुसको बैठक दुई दिनपछि बस्ने गरी स्थगित भएको जानकारी दिए ।
बैठक प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको थियो ।
सात प्रदेशमा रहेको उच्च अदालतका लागि न्याय सेवा, सरकारी वकिल र जिल्ला न्यायाधीशबाट ८२ जना न्यायाधीश नियुक्ति गर्ने हुनेछ । रासस