क्लासिक टेक र एयरटेलबीच सम्झौता
क्लासिक टेक प्रालिले एयरटेलसँग इन्टरनेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । सम्झौतापछि एयरटेल र क्लासिक टेक फाइबर मिडियमबाट सिधै जोडिने हुँदा हव र ल्याटेन्सी कम हुने तथा प्रशस्त ब्याण्डविथ भित्र्याउन सकिने भएको छ ।
अब क्लासिक टेकले एयरटेलमार्फत लिज लाईन सर्भिस संसारको जुन सुकै कुनामा पनि उपलब्ध गराउन सक्नेछ । घरेलु ग्राहकले पनि सस्तो मुल्यमा अधिकतम र भरपर्दो इन्टरनेट स्पिड उपभोग गर्न पाउने कम्पनीले जनाएको छ ।
यसैबीच नयाँबर्ष २०१७ को अवसरमा क्लासिक टेकले १२ एमबिपिएस (अनलिमिटेड) इन्टरनेट बार्षिक ग्राहकलाई मासिक रु. १९९९, ६ एमबिपिएस रु. १४९९ मा र ६ एमबिपिएस रु. १०९९ मा उपलब्ध गराएको छ । बार्षिक ग्राहकलाई जडान खर्च र फाईवर डीभाईस निशुल्क उपलब्ध गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।