अभियुक्त पक्राउ गर्न गोली प्रहार
मध्यक्षेत्रीय प्रहरी कार्यालय, हेटौंडा तथा जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त टोलीले गोली प्रहार गरी एक जनालाई पक्राउ गरेकोे छ ।
गढीमाई नगरपालिकाको सिमरा, टेगछियाका ३५ वर्षीय वृजकिशोर गिरीलाई गोली प्रहार गरेर पक्राउ गरिएको हो । प्रहरीले उनलाई पक्राउ गर्ने क्रममा बायाँ खुट्टामा गोली लागेको छ ।
उनको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिए ।
बिजवनिया गाविसको गढैया टोलमा प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा स्थानीय बासिन्दाले अवरोध गरेपछि ६ राउन्ड गोली चलाएको छ ।
प्रहरीमाथि स्थानीय बासिन्दाले ढुङ्गामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन र वृजकिशोरलाई पक्राउन गर्न गोेली चलाउनु परेको एसपी साहले जानकारी दिए ।
करैया गाविस–८ सहजनाथ मन्दिरको उत्तरपूर्वतिर १३ पुसमा दुई जना भारतीय नागरिकको हत्याको गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । भारतको लक्ष्मीपुर पोखरियाका दिपक राम र अरूण रामको शव बाराको जङ्गलमा भेटिएको थियो ।
जियालाल साह, पर्सा