सूचना टाँस गरेर संसद् बैठक स्थगित
प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलहरुको अवरोध जारी रहने भएपछि व्यवस्थापिका–संसद्को बैठक सूचना टाँस गरेर स्थगन गरिएको छ । १८ पुसमा बसेको पहिलो बैठक विपक्षीले अवरोध गरेपछि दोस्रो बैठक स्थगित गरिएको हो ।
कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुख ओनसरी घर्ती मगरले सूचना टाँस गरेर बैठक १९ पुस मध्यान्ह १ बजेका लागि सारेकी हुन । संसद शुरु हुनुभन्दा पहिला सहमतिका लागि बसेको प्रमुख तीन दलको बैठक विना निश्कर्ष टुङ्गिएको थियो ।