सर्वोच्चको फैसलाले संविधान संशोधनको बाटो खुल्यो
संविधान संशोधन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि संविधान संशोधनको बाटो खुलेको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरी प्रसाद खतिवडाको ईजलासले १८ पुसमा संविधान संशोधन विधेयकलाई रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला गरेको छ ।
अधिवक्ता टीकाध्वज खड्काले संविधान संशोधन विधेयक रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए ।