कला/साहित्यसोमवार, पौष १८, २०७३

पण्डित हरिप्रसाद चौरसिया नेपालमा

हिमालखबर


विश्व प्रसिद्ध बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसिया एक एल्बम विमोचनका लागि नेपालमा छन् । पण्डित चौरसियाले १९ पुष दिउसो बासुरीवादक नगेन्द्र राईको एल्बम विमोचन गर्ने कार्यक्रम रहेको छ ।

भारतका विश्व प्रसिद्ध बासुरीवादक पण्डित चौरसियाले पद्मविभुषण र पद्मभुषण सम्मान पाइसकेका छन् । बासुरीका माध्यमबाट शास्त्रीय संगीतलाई लोकप्रिय बनाउने काममा चौरसियाको महत्वपूर्ण भूमिका रहेको छ ।

७८ वर्षीय चौरसिया एक महिनादेखि नेपालमा छन् । “आराम गर्नलाई नेपालमा आउनु भएको हो । एक महिनाजति भयो, एक/दुई दिनमा फर्किनु हुन्छ” बासुरीवादक राईले भने ।

एक महिने नेपाल बसाइको अवधिमा सञ्चारमाध्यमबाट टाढा रहन चाहेका पण्डित चौरसियाले नेपाल म्युजिक सेन्टरमा नेपाली बासुरीवादकलाई तालीम दिएका छन् । पाँचवटा समूहमा ३२ जनालाई प्रशिक्षण दिएको राईले बताए ।

प्रख्यात बासुरीवाधक चौरसियाले १९ पुष दिउसो १ बजे राईको एल्बम ‘साधना–२’ र ‘अम्लबुङ’ विमोचन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस