समाचारबुधबार, १३ पौष , २०७३

एमालेलाई संसद् अवरुद्ध नगर्न आग्रह

हिमालखबर

मानवअधिकार तथा शान्ति समाजले लामो समयदेखि अवरूद्ध व्यवस्थापिका– संसद् सुचारु गर्ने कार्यमा सहयोग गर्न नेकपा एमाले नेतृत्वलाई आग्रह गरेको छ । 

“कुनै बेला नेपाली कांग्रेसले, कुनै बेला माओवादी केन्द्रले र यस पटक एमालेको अगुवाइमा भइरहेको संसद् अवरुद्ध गर्ने कार्यको शान्ति समाज विरोध गर्दछ," समाजद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ,  "संसद् सुचारु गर्नेकार्यमा सहयोग गर्न एमाले नेतृत्वलाई विनम्रतापूर्वक आग्रह गर्दछ ।”  

२०६४ सालमा संविधान सभाको निर्वाचन भएपछि संविधान सभा/संसद्लाई पटक/पटक अवरुद्ध गर्ने काम हुँदै आए पनि समाजले पटक/पटक त्यसको विरोध गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । 

“जनताबाट निर्वाचित संसद् भनेको लोकतन्त्रको मेरुदण्ड हो, समस्याको शान्तिपूर्ण तवरले समाधान गर्ने र निकास दिने थलो पनि संसद् नै हो, त्यसैले संसद्को भूमिका सदैव प्रभावकारी हुनुपर्छ, जनताद्वारा निर्वाचित सार्वभौम संसद् कहिल्यै पनि कसैले पनि अवरुद्ध गर्नु हुदैँन”–विज्ञप्तिमा भनिएको छ ।
रासस 

प्रतिकृया दिनुहोस