क्रिसमसमा सार्वजनिक बिदा
सरकारले इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसका अवसरमा आइतबार, १० पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जारी गरेको विज्ञप्तिमा नेपालभर र विदेशस्थित नेपालका कूटनीतिक नियोगहरुमा पर्व विदाको रुपमा आइतबार बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
रासस