विदेश पठाउँछु भन्दै ३ करोड ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीमा पठाईदिने भन्दै करिब रु ३ करोड ठगी गरेको अभियोगमा एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
राम्रो कमाई हुने देशमा पठाईदिने भन्दै विभिन्न व्यक्तिहरुबाट करिब रु ३ करोड ठगी गरेको अभियोगमा घोराही–११ दाङका ४२ वर्षीय बलदेब थापालाई प्रहरीले नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
गुण्डागर्दी गर्ने दुई जना पक्राउ
यसैबीच दाङ प्रहरीले गुण्डागर्दी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ ।
घोराही–१० बस्ने निर्मला खत्रीलाई दुव्र्यबहार गर्दै घरको झ्यालमा ढुंगा प्रहार गरी क्षति पु¥याउने घोराही– १० का अरमान खान र अभिषेक भनिने मानबहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैविच त्रिपुर नगरपालीकाको हापुर खोलामा अवैधरुपमा गिट्टि बालुवा उत्खनन् गरीरहेको रा १ त २२२५ नम्बरको ट्रयाक्टरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोपाल शर्मा, भट्टराई