संशोधन प्रस्ताव चाँडै अघि बढाउन गठबन्धनको माग
संघीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिले संविधान संशोधन विधेयक परिमार्जन सहित अविलम्ब व्यवस्थापिका संसदमा अघि बढाउन माग गरेको छ ।
गठबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा आज काठमाडौंमा बसेको बैठकले संविधान संशोधनको विरोधको नाममा नेकपा एमालेले दिएको अभिव्यक्ति ‘मुलुकमा जातीय/सामाजिक सहिष्णुतालाई भड्काउने र मुलुकलाई विभाजन गर्नेतर्फ उन्मुख’ भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न आग्रह समेत गरेको छ ।
गठबन्धनले आफना मागहरु पूरा गराउन आगामी एकसाताभित्र काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने र त्यसपछि विभिन्न जिल्लामा अन्तरक्रिया कार्यक्रम आयोजना गरी निर्णायक आन्दोलनका लागि जनमत निर्माण गर्ने पनि निर्णय गरेको छ ।