पाकिस्तानमा ६ महीनामा १३ सय बाल यौनहिंसा
पाकिस्तानमा ६ महीनाको अवधिमा ७२९ बालिका र ५७५ बालक गरी १ हजार ३ सय बढी बालबालिका यौनहिंसामा परेका छन् ।
द न्यू इन्टरनेशनलले शनिबार गैरसरकारी संगठन (साहिल) द्वारा संकलित रिपोर्टमा सन् २०१९ को जनवरीदेखि जून महीनाको बीचमा १३०० सयभन्दा बढी बालबालिका यौनहिंसाको शिकार भएको तथ्य बाहिर ल्याएको हो ।
रिपोर्ट अनुसार पञ्जाबमा ६५२, सिन्धमा ४५८, बलूचिस्तानमा ३२, इस्लामाबादमा ९०, पाकिस्तान प्रशासित कश्मीरमा १८ र गिलगित र बाल्टिस्तानमा ३ जना रहेको उल्लेख छ ।
यसैगरी लाहोरमा ५० बालबालिका यौन उत्पीडनको शिकार बनेका छन् । यसमध्ये १२ नाबालिग मदरसाहरूमा यौनहिंसामा परेका छन् ।
कसूरको चुनियान क्षेत्रबाट बेपत्ता भएका चार बालबालिकाको अवशेष मंगलबार भेटिएको थियो । रिपोर्ट अनुसार पीडित बालबालिकालाई गाड्नुअघि दुष्कर्म गरिएको उल्लेख छ ।
बिहीबार राति त्यही शहरबाट फेरि अर्को बच्चालाई अपहरण गरिएको विवरणमा उल्लेख छ । –एजेन्सी