सांसदहरुलाई प्रधानमन्त्रीले दिए ‘दशैं होमवर्क’
बजेट अधिवेशन समापन भएकाले संघीय सांसदहरु दशैंतिहार तथा छठ मान्न गृह जिल्ला फर्कने तयारीमा छन् ।
जिल्ला फर्कनु अगाडि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार संसदीय दलको बैठक राखेको छ । बैठकमा दल नेता एवम अध्यक्ष केपी शर्मा ओलीले चाँडपर्व मनाउन जिल्ला जाने तयारीमा रहेका सांसदहरुलाई लामै निर्देशन दिएका छन् ।
चाँड विदामा जिल्ला घुम्दा सांसदहरुलाई सरकारको कामकार्बाही जानकारी दिन प्रधानमन्त्री ओलीले निर्देशन दिए । “सरकारका विरुद्ध लाग्नेहरुले हात धोएर गलत प्रचार गरेका छन् । त्यो भ्रम चिर्नुहोला”, प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देशन दिए ।
कानून निर्माण र विकास निर्माणमा भइरहेको कामकार्बाहीबारे जानकारी दिन पनि प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्देशन दिए ।