सामाजिक सञ्जालमा असन्तुष्टि लेख्ने कार्यकर्ता बढ्योः मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टी्भित्र अराजकता बढेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल निर्माण व्यवसायी संगठनको प्रदेश स्तरीय कमिटी गठन तथा शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री शाहीले भेट्दा केही नभन्ने अनि सामाजिक सञ्जालमा सरकारको विरोध गर्ने प्रवृत्ति बढेको बताए ।
मुख्यमन्त्री शाहीले पार्टी नेताहरुमै अराजक प्रवृत्ति हाबी भएकाले लगाम कसले लगाउने ? भनी प्रश्न गरे । “नेकपा अनैतिक व्यक्तिको जमघट गर्ने थलो होइन, घोषणापत्रअनुसार काम नभएको भए पार्टीले फिर्ता गर्नुपर्छ” मुख्यमन्त्री शाहीले भने, “पार्टीका नेता÷कार्यकर्ताले सरकारलाई सकारात्मक सुझाव दिनुपर्छ, सरकार नेकपाकै हो, सरकारको मात्रै असफलता हँुदैन, यसमा पार्टी पनि भविष्य जोडिएको छ ।”
मुख्यमन्त्री शाहीले विगतमा जस्तो बजेट बाँड्ने तर काम नहुने प्रथाको अन्त्य गर्न जरुरी रहेको बताए ।