उपत्यकाका २५ ठाउँ र देशका सात शहरबाट नयाँ नोट सटही गरिने (सूची सहित)
राष्ट्र ब्यांकले १० असोजदेखि दशैंका लागि नयाँ नोट सटही शुरु गर्ने भएको छ ।
ब्यांकले उपत्यकाका २५ र देशका प्रमुख सात शहरबाट नोट सटही गर्ने भएको छ । उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न पाइनेछ ।
प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नोट सटही गर्ने व्यवस्था गरेको ब्यांकले ५, १०, २०, ५० र १ सय रुपैयाँको नोट वितरण गर्नेछ ।
राजधानीमा नोट साट्न पाइने २५ स्थान