संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रद्द, संविधान दिवसमै सम्बोधन गर्ने
संघीय संसदको संयुक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने पूर्व निर्धारित कार्यसूची हटाइएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्न कार्यसूची तय भएको थियो । तर, प्रधानमन्त्री ओलीले सम्बोधनको कार्यक्रम हटाएका छन् ।
शुक्रबार संविधान दिवस परेकाले संसद सम्बोधनको कार्यक्रम रद्द गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संविधान दिवसमै देशबासीको नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले संसद सम्बोधन रद्द गरिएको सचिवालयले जनाएको छ ।