सिंगापुर जाने टीम घोषणा, ज्ञानेन्द्र, शरद र बसन्त टीममा परेनन्
सिंगापुर र ओमान हुने सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
बिहीबार घोषणा गरिएको राष्ट्रिय टीममा यसपटक नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल परेका छैनन् । मल्लले व्यक्तिगत कारण देखाएर टीममा नबसेका हुन् ।
अर्का, अनुभवी बलर बसन्त रेग्मी समेत टीममा छैनन् भने शरद भेषवाकर पनि टीममा अटाएका छैनन् । ज्ञानेन्द्रको अनुपस्थितिमा दिपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।
१५ सदस्यीय टीममा अधिकांश युवा खेलाडी सामेल गराइएको छ । आरिफ शेख, सुशान भारी र सन्दीप जोराले राष्ट्रिय टीममा पुनरागमन गरेका छन् ।
२५ सेप्टेम्बरमा टोली सिंगापुर प्रस्थान गर्दैछ । असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय टी–२० सिरिज हुँदैछ । नेपाल र जिम्बाबेलाई बोलाएर सिंगापुर टी–२० विश्वकप छनोटको तयारी गर्दैछ ।
टीमः पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछाने, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, शुसान भारी, इशान पाण्डे छन् ।