आजबाट जेष्ठ नागरिकलाई जहाजमा ५० प्रतिशत भाडा छुट
नेपाल सेवा निगमले आजबाट ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिन थालेको छ ।
निगमका अनुसार, आन्तरिक उडानमा बुधबारबाट भाडामा छुट दिन शुरु गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले यसअघि नै भाडामा ५० प्रतिशत छुटको घोषणा गरेका थिए ।
मन्त्री भट्टराईको घोषणापछि बुधबारबाट लागू हुनेगरी छुट दिन थालिएको निगमले जनाएको छ । नीजि स्वामित्वका कम्पनीहरुले भने सरकारको यो निर्णय कार्यान्वयन गर्न नसकिने जनाएका छन् ।
तर, आफ्नै स्वामित्वको विमानबाट छुट दिने कार्य शुरु गरिएको निगमले जनाएको छ । निगमले दशैंका लागि अग्रिम टिकट बुकिङ समेत खुला गरेको छ ।