ओलम्पिकमा फेरि जीवनराम विजयी
नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ फेरि निर्वाचित भएका छन् ।
उमेशलाल श्रेष्ठलाई सात मत अन्तरले पराजित गर्दै जीवनराम विजयी भएका हुन् । दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएका जीवनरामले १७ मत प्राप्त गरे ।
महासचिव पदमा पनि जीवनरामकै प्यानलका उम्मेद्वार लिलेन्द्रराज श्रेष्ठ विजयी भए । पुरेन्द्रविक्रम लाखेले १२ मत पाउँदा लिलेन्द्रले तीन मत बढी ल्याए ।
पाँच उपाध्यक्ष पदका लागि ज्योति राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनिलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य विजयी भए ।
उपमहासचिव पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन निर्विरोध भएका थिए ।