थप समाचारबिहिबार, २६ भाद्र , २०७६

बसमा बालिका बलात्कार प्रयास

कमल रिमाल

मोरङ रंगेली नगरपालिका–९ स्थित दोहमना बजार क्षेत्रमा बसभित्र बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा चालक र सहचालक पक्राउ परेका छन् ।

प्रहरीले सार्वजनिक गरेका आरोपी चालक र सहचालक

पक्राउ परेका ना ६ ख ९३४४ नम्बरको बस चालक किरण खड्का (३७) र सहचालक सन्तोष न्यौपाने (१९) लाई प्रहरीले बुधबार अपरान्ह सार्वजनिक गरेको छ । २२ भदौ बेलुका बसमा सवार १५ वर्षीया बालिकालाई दुवैले जबरजस्ती प्रयास गरेका थिए ।

रंगेली ३ का चालक खड्काले बालिकालाई बसको पछाडिको सीटमा लगेर जबरजस्ती गर्ने प्रयास गरेपछि उनी भाग्ने क्रममा सहचालक मोरङ उर्लावारी–४ का न्यौपानेले ढोकामा छेकेका थिए ।

मोरङका प्रहरी नायब उपरक्षिक घनश्याम श्रेष्ठका अनुसार, धनकुटा घर भई मोरङमा आफन्तको घरमा बस्दै आएकी बालिका सो बसमा बेलबारीस्थित बेतना सिमसारबाट चढेकी थिइन् ।

बस झापाको दमक पुगेपछि बालिका उत्रिन लाग्दा चालक र सहचालकले उनलाई फकाएर पथरी शनिश्चरे नगरपालिका हुँदै बस दोहमना बजार ल्याएका थिए ।

चालक खड्काले बालिकालाई बसको पछाडि सिटमा जबरजस्ती गर्न खोज्दा उनी चिच्याउँदै बाहिर निस्कन लागेकी थिइन् ।

बसको ढोकामा रहेका सहचालक न्यौपानेले जबरजस्ती भित्र तानेर लग्न खोज्दा बालिकाले चिच्याउँदै होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए ।

दुवैलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर कारबाही थालिएको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस