थाइल्यान्ड पुर्याएर अलपत्र पार्नेक्रम बढ्दो
अमेरिका, युरोपलगायतका देशमा लैजाने भनेर पर्यटकीय भिसामा थाइल्यान्ड पु¥याएर अलपत्र पार्ने क्रम बढेको छ । समस्या गम्भिर बढ्दै गएपछि बैंककस्थित नेपाली दुतावासले विज्ञप्तिमार्फत सर्वसाधारणलाई सचेत गराएको छ ।
विज्ञप्ति अनुसार मानव तस्करहरुले अमेरिका, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया तथा युरोपका केही मुलुकलगायतका देशमा पठाउने भन्दै ठग्दै आएको छ ।
थाइल्यान्ड आइसकेपछि अनेक बहाना बनाएर सकेसम्म धेरै पैसा मगाउन लगाई निजबाट लिने र कानुनी रुपमा थाइल्यान्ड बस्न पाउने अवधि समाप्त भई अवैधानिक भएपछि यहाँका प्रहरी प्रशासनलाई खबर गरी/गराई पक्रन लगाउने वा प्रवेशाज्ञाको अवधि बढाउनका लागि छिमेकी मुलुक (मलेसिया), सिङ्गापुर, कम्बोडिया आदि गएर आउन सुझाउने र त्यहाँ गइसकेपछि ती मुलुकबाट थाइल्यान्डको प्रवेशाज्ञा उपलब्ध नहुने हँुदा त्यतै अलपत्र परी नेपाल फर्कन बाध्य पार्ने गरेको देखिएको विज्ञप्तिमा जनाईएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले पछिल्लो दिनमा थाइल्यान्ड लैजाने बहानामा आफहरु ठगिएको जनाई उजुरी आउनेक्रम बढ्दै गएको जानकारी दिनुभयो । खनालले भने, “उजुरीका आधारमा केही मानव तस्करलाई पक्राउ गरिएको छ र पीडितलाई रकमसमेत दिलाइएको छ ।रासस