प्राधिकरण सञ्चालन समितिका तीन सदस्य हटाएर नयाँ नियुक्ती
सरकारले विद्युत् प्राधिकरण सञ्चालन समितिका तीन सदस्यलाई हटाएर नयाँ सदस्य नियुक्त गरेको छ ।
प्राधिकरणका तीन सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई हटाइएको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अवरोध गरेपछि उनीहरुलाई हटाएको जनाएको छ ।
उनीहरु हटाएपछि मन्त्रिस्तरीय निर्णयले रुकुमका भक्तबहादुर पुन, बझाङका चेतराज जोशी र सुर्खेतका उमेशप्रसाद थानीलाई नियुक्त गरेको हो ।
ऊर्जा सचिव अनुपकुमार उपाध्ययको अध्यक्षतामा गठित समितिमा प्राधिकरणका प्रबन्ध निर्देशक सदस्य सचिवसहित अर्थ मन्त्रालयका सचिव डा.शान्तराज सुवेदी र चन्द्र टन्डन सदस्य रहेका छन् ।