दिमागको स्वास्थ्यका लागि खानुस् यी पाँच खानेकुरा
ब्रोकाउली
पौष्टिक तरकारीहरुमा ब्रोकाउली सबैभन्दा बढी फाइदाजनक हुन्छ। यसमा भिटामिन, मिनरल र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा हुन्छ। ब्रोकाउलीमा भरपूर मात्रामा भिटामिन ई पाइन्छ, जसले मस्तिष्कको विकासमा सघाउँछ। ब्रोकाउलीमा फाइबर हुने भएकाले यसलाई तरकारी मात्र होइन, सलाद, पास्ता आदिमा पनि प्रयोग गर्न सकिन्छ। यसमा क्यालोरीको मात्रा पनि पर्याप्त हुन्छ।
पालक
पालकमा आइरन र भिटामिन ई पाइन्छ। यसको सेवनबाट मस्तिष्क बलियो हुन्छ। यसका साथै पालमा विभिन्न प्रकारका पोषक तत्व हुन्छ, जसले मस्तिष्कलाई प्रभावकारी काम गर्न क्षमता प्रदान गर्छ।
नट्स
बादाम, ओखर र काजुमा पनि भिटामिन ई को मात्रा भरपूर हुन्छ। यदि तपाईंको शरीरमा भिटामिनको कमी छ भने नट्स दैनिक रुपमा सेवन गर्नु लाभदायक हुन्छ। दैनिक एक मुठी नट्स खान सकिन्छ। यो शरीरको विकासको लागि धेरै प्रभावकारी हुन्छ।
एभोकाडो
फलहरुमध्ये एभोकाडोलाई सर्वाधिक पौष्टिक मानिन्छ। खाँदा यो जति स्वादिष्ट हुन्छ, उत्तिकै फाइदाजनक पनि छ। यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि धेरै हुन्छ। भिटामिन ई को राम्रो स्रोत हुने भएकाले यो शरीरको छालाको लागि गुनिलो हुनुका साथै मस्तिष्कको विकासमा सहयोगी हुन्छ। दैनिक आवश्यकता पूरा गर्न तपाईं एक कप एभोकाडो सेवन गर्न सक्नुहुन्छ। यसबाट तपाईंले करीब २१ प्रतिशत भिटामिन ई पाउनुहुन्छ।
ओलिभ आयल
ओलिभ आयल स्वास्थ्यको लागि निकै उपयोगी हुन्छ। यसैले मानिसहरु आफ्नो खानामा यसको प्रयोगमा जोड दिन्छन्। यसमा भिटामिन ई को मात्रा प्रशस्त पाइन्छ। ओलिभ आयल मस्तिष्कको स्वास्थ्यका लागि मात्र होइन, मुटु सम्बन्धी रोगबाट बच्न पनि उपयोगी हुन्छ। - एजेन्सी