एनसेल प्रकरणमा सर्वोच्चको फैसलाप्रति नेकपा प्रमुख सचेतकको आपत्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सर्वोच्च अदालतको ९ भदौको फैसलाप्रति आपत्ति जनाएका छन् ।
देशलाई अर्बौ क्षति पुग्नेगरी सर्वोच्चले फैसला गरेकाले पुनरावेदनका लागि प्रमुख सचेतक गुरुङले सरकारको ध्यानाकर्षण गराए ।
आइतबारको प्रतिनिधिसभा बैठमा गुरुङले भने, “२३ माघ २०७५ मा सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको आदेशको समेत उल्लङ्घन गरेको छ ।”
प्रमुख सचेतक गुरुङले सर्वोच्चको फैसलाले राज्यकोषमा ठूलो घोटाला भएकाले सच्याउनुपर्ने बताए ।