पर्यटन वर्ष सफल पार्न चिनियाँलाई प्रवेशाज्ञा शुल्क मिनाहाः मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन वर्ष २०२० मा चिनियाँ पर्यटकीय उल्लेख्य मात्रामा आउने बताएका छन् ।
चिनियाँ दूतावासले शनिबार काठमाडौंमा गरेको नेपाल–चीन व्यापार सम्बन्धी फोरममा पर्यटनमन्त्री भट्टराईले पर्यटन वर्ष सफल पार्न चिनियाँ पर्यटकको भूमिकाबारे उल्लेख गरेका थिए । चिनियाँ पर्यटकलाई सहजताका लागि नेपाल प्रवेशाज्ञा शुल्क मिनाहा गरिएको बताए ।
मन्त्री भट्टराईले नेपालको अन्य क्षेत्रमा लगानी गर्न पनि चिनियाँ सरकारसँग आग्रह गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा लगानीको वातावरण सुनिश्चित गर्न सरकार सक्षम रहेको बताए ।
मन्त्री यादवले संघीयता सफल कार्यान्वयनका कारण सबै तहका निर्वाचन सम्पन्न भइसकेकाले नेपालको समृद्धिको चाहनालाई पूरा गर्न चीन र चिनियाँ जनतासँग आग्रह गरे ।