प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न दाहाल बालुवाटारमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री स्वदेश फर्किए लगत्तै अध्यक्ष दाहाल बालुवाटार पुगेका हुन् । अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझेका छन् ।
भेटवार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली नहुँदा भएका पार्टी कामबारे समेत जानकारी गराएका छन् ।
४ भदौको नेकपा सचिवालय बैठकको निर्णय अनुसार, अध्यक्ष दाहालले ९ भदौमा सचिवालय बैठक बोलाएर चार केन्द्रीय सदस्य थप, जनवर्गीय संगठनहरुको सहइन्चार्ज थप र अन्तर पार्टी निर्देशिका–२ जारी गरेका थिए ।
भेटवार्तामा डेंगुको संक्रमणबाट अस्पताल भर्ना भएका कृषि मन्त्री चक्रपाणि खनालको स्वास्थ्य अवस्थाबारे समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको छ ।