सनातन धर्म र संस्कृति कमजोर पार्न सरकार उद्यत : कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार संविधानको भावना र सनातन धर्म, संस्कृतिलाई कमजोर पार्न उद्यत रहेको आरोप लगाएको छ ।
दुई महीना लामो केन्द्रीय कार्य समितिको निष्कर्ष सार्वजनिक गर्दै कांग्रेसले सनातन धर्म, संस्कृति संरक्षणमा गम्भीर हुन आग्रह समेत गरेको छ ।
१७ बुँदे निर्णय सार्वजनिक गरेको कांग्रेसले कम्युनिष्ट सरकार संवैधानिक व्यवस्था, लोकतान्त्रिक मूल्य र मान्यतालाई अवमूल्यन गर्ने बाटोमा लागेको समेत निष्कर्ष निकालेको छ ।
सरकारको असफलता र कमजोरीलाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीका रुपमा चित्रित गर्ने प्रयासविरुद्ध लागिपर्न कांग्रेसले पार्टी पंक्तिलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट मन्त्रिपरिषद बैठकको अध्यक्षता गर्ने प्रणालीको विकास गरेको प्रति कांग्रेसले आपत्ति जनाएको छ । विभिन्न भ्रष्टाचारको प्रकरणमा सरकारले प्रभावकारी कदम नचालेको भन्दै कांग्रेसले सरकारलाई सच्चिन आग्रह गरेको छ ।