नेपाललाई हेपाटाइटिस बी नियन्त्रणको प्रमाणपत्र
विश्व स्वास्थ्य संघठनले नेपाललाई हेपाटाइटिस बी नियन्त्रण गरेको भन्दै प्रमाणपत्र दिएको छ ।
१८ भदौमा नयाँ दिल्लीमा आयोजित क्षेत्रीय बैठकमार्फत विश्व स्वास्थ्य संघठनका क्षेत्रीय निर्देशक डा. पुन खेत्रपाल सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई उक्त प्रमाणपत्र प्रदान गरेकी हुन् ।
पाँच वर्ष मुनिका बालबालिकामा हेपाटाइटिस बीको संक्रमण एक प्रतिशतभन्दा कममा झार्न सफल भएको भन्दै संगठनले मन्त्री यादवलाई प्रमाणपत्र दिएको हो ।
बैठक २० भदौमा सकिने छ ।