तालिबान–अमेरिका सहमति : अमेरिकी सैनिक फिर्ता हुने
अमेरिका र तालिबानी लडाकू समूहबीच एक सहमति भएको छ । अब अमेरिकाले २० हप्ताभित्र ५४ सय अमेरिकी सैनिक फिर्ता लैजाने भएको छ ।
तालिबान–अमेरिका सहमतिका रणनीतिकार जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा सहमतिको विवरण सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।
अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक छन्।
खाडी मुलुक कतारमा भएको नौ चरणको शान्ति वार्तापछि वार्ता निष्कर्षमा पुगेको बताइएको छ।