क्यालिफोर्नियामा डुंगामा आगलागी, आठको मृत्यु
अमेरिकाको दक्षिणी क्यालिफोर्निया तटमा एक डुंगामा भीषण आगलागी हुँदा त्यसमा सवार ३९ जनामध्ये कैयौंको मृत्यु भएको आशंका गरिएको छ।
अहिलेसम्म आठ शव भेटिएको अमेरिकी अधिकारीहरुले जनाएका छन्। दुई पुरुष र दुई महिलाको शव संकलन गरेको अन्य चार शव भने समुद्रमा तैरिएको अवस्थामा देखिएको अधिकारीहरुले जनाएका छन्।
आगलागीबाट चालक दलका पाँच जना बच्न सफल भएका छन्। सोमबार डुंगामा आगोको लप्का देखेपछि उनीहरुल पानीमा हामफालेका थिए। तीमध्ये दुई जना गम्भीर घाइते रहेको बताइएको छ।
उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ। डुंगामा विस्फोट र आगलागीको कारण पत्ता लाग्न सकेको छैन। - एजेन्सी