रोनाल्डो–मेसी सम्बन्धः रोनाल्डो भन्छन्– इतिहासकै अनौठो
बिहीबार राति अग्रपंक्तिमा थिए मेसी, रोनाल्डो र भर्जिल ।
बाँयाबाट क्रमशः अन्तिममा थिए, भर्जिल ।
यूईएफए वर्ष खेलाडी घोषणा हुँदै गर्दा तीनै जना आकर्षणका प्रमुखमा थिए ।
तर, नेदरल्याण्ड र लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइकले यो उपाधि जिते ।
सञ्चालिकाले पहिलो प्रश्न मेसीलाई गरेका थिए । मेसीले बोलेको भाषा धेरै नेपालीले बुझेनन् ।
त्यसपछि रानाल्डोको पालो आयो ।
रोनाल्डोले भने अंग्रेजीमा बोलेकाले धेरै नेपालीको मन छोयो । तर, कुनै उपाधि उनले पाएनन् । मेसीले उत्कृष्ट स्ट्राइकर र भर्जिलले वर्ष खेलाडीको पुरस्कारसहित नयाँ परिचय बनाए ।
रोनाल्डोले मेसीसँगकाे सम्बन्धबारे भने, “१५ वर्षदेखि हामी प्रतिश्पर्धामा रह्यौं । तर, सँगै डिनरकाे अवसर मिलेकाे छैन ।” उनले इतिहासकै अनौठो सम्बन्धको जोडी भनेपछि मेसीले उनीसँग हाँसेर हात मिलाए ।