कप्तान विराज महर्जन विश्वकप छनोट खेलको टीममै परेनन्
कतारमा हुने विश्वकप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय टीमको घोषणा गरिएको छ ।
बिहीबार घोषणा गरिएको टीममा कप्तान विराज महर्जन परेका छैनन् ।
मलेसियाको जोहर दारुलविरुद्धको मैत्रीपूर्ण खेलमा पनि कप्तान महर्जन टीममा थिएनन् ।
गोलकिपर किरण लिम्बु र मिडफिल्डर रोहित चन्द भने टीममा परेका छन् ।
मुख्य प्रशिक्षक योहान कालिनले बनाएको टीममा एलन न्यौपाने र विमल राना पनि परेका छैनन् ।
नेपालले १९ भदौंमा कुवेतसँग उसैको घरेलु मैदानमा खेल्दैछ ।
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल
मिडफिल्डरः सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान
फरवार्डः विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल