कान्तिपुरको प्रधान सम्पादकमा फेरि सुधीर शर्मा
कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्मा नियुक्त भएका छन् । कान्तिपुर सञ्चालक समितिले शर्मालाई ९ भदौमा प्रधान सम्पादकमा नियुक्त गरेको जानकारी कान्तिपुरका प्रकाशक कैलाश सिरोहियाले सामाजिक सञ्जाल ट्विटरमार्फत दिएका छन् ।
कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्लेले दिएको राजीनामा कान्तिपुर व्यवस्थापनले स्वीकार गरेको छ । वाग्लेले ट्विट गर्दै पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले काम गर्न कान्तिपुर छोडेको उल्लेख गरेका छन् ।
२९ असार, २०७५ मा त्यसबेलाका प्रधान सम्पादक शर्माले राजीनामा दिएपछि वाग्ले प्रधान सम्पादकका रुपमा कान्तिपुर भित्रिएका थिए ।
गत वर्ष कान्तिपुरका प्रधान सम्पादक शर्मा र काठमाडौं पोष्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले एकसाथ राजीनामा गरेका थिए ।