तोडफोडमै उत्रिए रवि लामिछानेका समर्थक
चितवन प्रशासनले भरतपुरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
तर, रवि लामिछानेका समर्थकहरुले निषेधाज्ञा तोडेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले हेटौडा जाँदै गरेको ६ ख ४२ र ना ४ ख ४३२५ नम्बरको ट्रक तोडफोड गरेका छन् ।
प्रदर्शनकारीले रविको समर्थनमा नाराबाजी गरिरहेका छन् । आइतबार पनि प्रदर्शनकारीले गाडी तोडफोड गरेका थिए । बा १६ च ३०४१ नम्बरको गाडी प्रदर्शनकारीले तोडफोड गरेका थिए ।
लगातारको प्रदर्शनमा चितवनका डीएसपी एकनारायण कोइरालासहित थुप्रै प्रहरी घाइते भइसकेका छन् ।