केयूको निमित्त उपकुलपतिमा थापा
काठमाडौं विश्वविद्यालय (केयू)का रजिष्ट्रार भोला थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
उपकुलपति डा.रामकण्ठ मकाजुको कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्त गर्न सकिएको छैन ।
छनौट समितिले ढिलाइ गरेपछि रजिष्ट्रार थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
उपकुलपति छनौट समितिका संयोजक शिक्षामन्त्री धनिराम पौडेल र सदस्यहरु दमननाथ ढुङ्गाना तथा डा. सुरेशराज शर्माबीच उपकुलपति छनौटमा विवाद भएको छ ।
सदस्यद्वयले शिक्षामन्त्री पौडेलको दवावमा काम गर्न नमानेपछि उपकुलपति छनौटमा ढिलाई भएको जनाएको छ ।
रामु सापकोटा