चितवनमा कडा सुरुक्षा व्यवस्था
टेलिभजिन प्रस्तोता रवि लामिछानेका समर्थकका कारण चिवतनका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।
सोमबार बिहान ६ बजेदेखि लागू हुनेगरी भरतपुर महानगरका विभिन्न स्थानमा प्रदर्शन निषेध गरिएको छ । स्थानीय प्रशासनले अनुसन्धानलाई प्रभावित पार्न खोजिएको भन्दै प्रदर्शन निषेध गरेकाे छ ।
स्थानीय प्रशासनका अनुसार, बाइपास सडकतर्फको आन्तरिक राजस्व चोकदेखि घरेलु कार्यालय चोकसम्म, पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीस कोठीसम्म, बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक–कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम राजमार्गको चौबीसकोठी चोकसम्म प्रदर्शन निषेध गरिएको छ ।
यस्तै, बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म प्रदर्शन निषेध गरिएको छ ।