हङकङमा ४५ किमी लामाे मानव साङ्लो
सरकार विरोधी आन्दोलनका क्रममा हङकङमा आइतबार दुई लाखजनाले ४५ किलोमिटर लामो मानव साङ्लो बनाएर प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरू गगनचुम्बी भवनदेखि बन्दरगाह, सपिङ मलसम्म शान्तिपूर्ण मानव साङ्लो बनाएर सरकारको विरोध गरेका थिए ।
हङकङका गल्लीमा बनेको यो दुई लाखजनाकाे मानव शृंखला क्वलुन, ताई वाई क्षेत्रदेखि लायन रकसम्म फैलिएको बताइएको छ ।
प्रदर्शनकारीहरू टर्च बोकेर मानव शृंखलामा सहभागी भएका थिए । –एजेन्सी